BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

गत आइतबार सङ्घीय सांसदबाट राजीनामा घोषणा गरेका नेकपा एमाले उपाध्यक्ष भीम रावलले  अन्ततः राजीनामा फिर्ता लिने भएका छन् ।

रावलले भोलि नै राजीनामा फिर्ता लिने स्राेतले जनाएको छ । पछिल्लो समय एमालेलाई एकताबद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए ।

नेता रावलले साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि नै संसद भवनमै राजीनामा दिएको घोषणा गरेका थिए  ।

स्रोतका अनुसार एमाले एक बनाउन ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता माधव नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हट्ने निर्णय लिएका हुन्।

उनले हिजो बुधबार नेपालसँग भएको भेटमा राजीनामा फिर्ताबारे छलफल गरेका थिए । नेता नेपालले कार्यदलको १० बुँदे सहमति अनुसार एमालेमै रहेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि रावल राजीनामा फिर्ता लिन लागेको स्रोतले जनाएको छ ।

तर स्राेतका अनुसार ओली पक्षका केही नेताले पनि आज बिहीबार भेट गरी आफ्नाे पक्षमा प्रस्तुत हुन र राजीनामा फिर्ताकाे कुरा केही दिन थाती राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय