सात बुँदे मागसहित यातायात व्यवसायी सडकमा उत्रेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको नेतृत्वमा यातायात व्यवसायी सडकमा उत्रेका हुन् ।
पेट्रोलको भाउ एकाहोरो बढिरहँदा भाडा भने नबढाइएको भन्दै बस र ट्याक्सीमा सार्वजनिक यातायातको भाडा समायोजन हुनुपपर्ने, सडक कानुन लागू गर्नुपर्नेलगायतको पम्ल्पेट टाँसेर चक्रपथ परिक्रमा गरेका छन् ।
यस्तै यातायातको बिमा छुट गर्न, ४० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट गर्नलगायतको सात बुँदे माग राखेका छन् ।
महासङ्घको ¥यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नुको साथै सार्वजनिक बसका यात्रुहरुलाई भने गन्तव्यको गाडी नपाएपछि कठिन भएको छ ।