BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

काठमाडौं, साउन २ । आर्थिक वर्ष २०७७/७८ का लागि तोकिएको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सरकार असफल भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले गत आवमा सरकारले ११ खर्ब ८० अर्ब रुपियाँ मात्र खर्च गर्न सकेको जानकारी दिए।

सरकारले गत आवमा सुरुमा १४ खर्ब ७४ अर्ब र पछि संशोधन गर्दै १२ खर्ब ६६ अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो । यद्यपि संशोधित लक्ष्य पनि पूरा गर्न नसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

कुल खर्चअन्तर्गत सुरुमा नौ खर्ब ४८ अर्ब रुपियाँ चालू खर्च गर्ने सरकारको लक्ष्य रहे पनि आर्थिक वर्ष पूरा हुँदासम्म आठ खर्ब ५१ अर्ब मात्रै खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालू खर्च संशोधन गर्दै पछि आठ खर्ब ६७ अर्ब रुपियाँ चालू खर्चको लक्ष्य तोकेको थियो ।

उक्त संशोधित लक्ष्य पनि पूरा हुन नसकेको हो । त्यस्तै पुँजीगतमा पनि सुरुमा तीन खर्ब ५२ अर्ब र पछि संशोधन गर्दै दुई खर्ब ५१ अर्ब खर्च गर्ने लक्ष्य राखिएकामा दुई खर्ब २८ अर्ब रुपियाँ मात्र खर्च भएको देखिन्छ ।

वित्तीय खर्चको अवस्था झन् कमजोर रहेको छ । सरकारले आर्थिक वर्ष सम्पन्न हुँदासम्म एक खर्ब रुपियाँ मात्र वित्तीय खर्च गर्न सफल भएको छ । जब कि बजेटमार्फत एक खर्ब ७२ अर्ब रुपियाँ वित्तीय खर्च हुने सरकारको लक्ष्य थियो । मध्यावधि समीक्षामार्फत वित्तीय खर्चको आकार घटाएर एक खर्ब ४५ अर्ब रुपियाँ पु(याइएको थियो ।

खर्चजस्तै राजस्व सङ्कलनमा पनि सरकार असफल देखिएको छ । गत आवमा कुल १० खर्ब ११ अर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य थियो । संशोधन गरेर पछि नौ खर्ब ५९ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिए पनि बिहीबारसम्म नौ खर्ब ३८ अर्ब रुपियाँ मात्र राजस्व सङ्कलन भएको छ ।

सङ्कलित कुल राजस्वमध्ये आठ खर्ब ७० अर्ब कर राजस्व र ६८ अर्ब गैरकर राजस्व रहेको मन्त्रालयले जनाएको छ । अन्यतर्फ सरकारले ४० अर्ब रुपियाँ सङ्कलन गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय