विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ करोडनजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा पाँच लाख ४४ हजार छ सय ७९ जना नयाँ बिरामी थपिएपछि विश्वमा सङ्क्रमित सङ्ख्या १८ करोड ९६ लाख ८६ हजार छ सय २३ पुगेको हो । सङ्क्रमितमध्ये १७ करोड ३१ लाख २१ हजार तीन सय ६९ जना उपचारपछि निको भएका छन् ।
एकै दिन तीन लाख ४३ हजार चार सय ८२ जनाले कोरोनालाई पराजित गरेका छन् । एक करोड २४ लाख ८२ हजार आठ सय ३९ जनाको उपचार जारी रहेकोमा ७९ हजार दुई सय ४४ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।
एकै दिन विश्वमा आठ हजार दुई सय ९६ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वभर ४० लाख ८२ हजार चार सय १५ जनाको मृत्यु भइसकेको छ ।
कोरोना महामारीबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ३२ हजार चार सय २५ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख ८२ हजार दुई सय ५१ पुगेको छ ।
दुई करोड ९३ लाख ४१ हजार ८४ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । पछिल्लो २४ घण्टामा १६ हजार सात सय ८४ अमेरिकी नागरिक सङ्क्रमणमुक्त बनेका छन् ।
४९ लाख १६ हजार नौ सय ९५ जनाको उपचार जारी रहेकोमा चार हजार सात सय १८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन तीन सय १८ जनाको मृत्यु भएपछि हालसम्म अमेरिकामा छ लाख २४ हजार एक सय ७२ जनाको मृत्यु भइसकेको छ ।
छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र ३९ हजार ७२ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड १० लाख २५ हजार आठ सय ७५ पुगेको छ ।
तीन करोड एक लाख ७६ हजार तीन सय छ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । एकै दिन ३९ हजार आठ सय २९ जनाले सङ्क्रमणलाई पराजित गरेका छन् ।
चार लाख ३७ हजार छ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था जटिल छ । पछिल्लो २४ घण्टामा भारतमा पाँच सय ४४ जना सङ्क्रमितको मृत्यु भयो ।
हालसम्म कोरोना सङ्क्रमित चार लाख १२ हजार पाँच सय ६३ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
ब्राजिलमा एकै दिन ५२ हजार सात सय ८९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ९२ लाख ६२ हजार पाँच सय १८ पुगेको छ ।
एक करोड ७९ लाख १७ हजार एक सय ८९ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक दिन ५८ हजार पाँच सय ५६ जना सङ्क्रमणमुक्त बनेका छन् ।
आठ लाख छ हजार दुई सय ७९ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा एकै दिन एक हजार पाँच सय ५२ जनाको मृत्यु कोरोनाका कारण भयो । २४ घण्टाभित्र ब्राजिलमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या विश्वका अरु मुलुकको भन्दा धेरै हो ।
ब्राजिलमा हालसम्म कोरोनाका कारण पाँच लाख ३९ हजार ५० जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोना महामारीबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
इन्डोनेसियामा थपिए सबैभन्दा धेरै सङ्क्रमित
विश्वका विभिन्न मुलुकमा भन्दा पछिल्लो २४ घण्टामा इन्डोनेसियामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । एकै दिन इन्डोनेसियामा ५६ हजार सात सय ५७ जना नयाँ बिरामी थपिएका हुन् ।
कोरोना महामारीबाट प्रभावित हुनेमध्ये विश्वकै १५ औँ नम्बरमा रहेको इन्डोनेसियामा केही दिनदेखि विश्वका अरु मुलुकभन्दा धेरै सङ्क्रमित भेटिने गरेका छन् । जम्मा सङ्क्रमित सङ्ख्या २७ लाख २६ हजार आठ सय तीन पुगेको छ ।
२१ लाख ७६ हजार चार सय १२ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन १९ हजार ४९ जना कोरोनामुक्त बनेका छन् । इन्डोनेसियामा चार लाख ८० हजार एक सय ९९ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ ।
एकै दिन नौ सय ८२ जना सङ्क्रमितको मृत्यु भयो । इन्डोनेसियामा हालसम्म कोरोनाका कारण ७० हजार एक सय ९२ जनाको मृत्यु भइसकेको छ ।