BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

काठमाडाैं / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बुधबार भेटवार्ता भएको छ। ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। बैठकमा विप्लव नेकपाको केन्द्रीय कमिटीको निर्णयअनुसार जनमतसंग्रह हुँदै समाजवादमा जानेबारे छलफल गरिने निर्णय भएको विप्लव नेकपाका केन्द्रीय कमिटी सदस्य दीपक चलाउनेले बताए।

साथै त्यसमा सबै पार्टीलाई समेट्न शीर्ष नेताहरूसँग भेटवार्ता बढाइएको पनि उनले बताए। विप्लव समूह र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उनले जानकारी दिए।

प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन्। ओली सरकारले सम्झौता पालन नगरेको गुनासो गरिरहेका विप्लवले प्रचण्डलाई भेटेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय