नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेलगत्तै कोरोनाविरुद्धको खोप खरिदका लागि थप पाँच अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहने बताए ।
यस्तै मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न सङ्घीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो ।