BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले निर्णय गरेको छ । माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले निर्वाचन आयोगमा वैधानिकतामाथि प्रश्न उठाएका थिए ।

आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरेकाले वैधानिक रहेको निर्णय गरेकाे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगको निर्णयमा भनिएको छ ‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’

माओवादी छाडेका नेताहरूकाे तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन नगरेको भन्दै वैधानिकतामा प्रश्न उठाइएको थियो ।

आयोगले माओवादी केन्द्र संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको देखिएकाले वैधानिकतामा प्रश्न उठाउन नमिल्ने ठहर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय