BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

ब्राजिलमा जारी ४७औँ दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेल बुधबार बिहान हुँदै छ । भोलि बिहान नेपाली समयानुसार ६ः४५ बजे हुने उक्त खेलमा अर्जेन्टिना र कोलम्बियाले खेल्दै छन् ।

ब्राजिलमा हुने उक्त खेलमा दुवै टिम एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा हुनेछन् । अर्जेन्टिना र कोलम्बियाको विजेता टिमले फाइनलमा ब्राजिलसँग भेट गर्नेछ । ब्राजिल मङ्गलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० गोलको जित निकाल्दै उपाधि नजिक पुगिसकेको छ ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनल प्रवेश गर्न इक्वाडरमाथि ३–० गोलको जित निकालेको थियो । अर्जेन्टिना पछिल्ला १८ खेलमा अपराजित छ । अघिल्लो संस्करणको कोपा आमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग हारेयता उसले पराजय भागेको छैन ।

यता, कोलम्बिया भने उरुग्वेमाथि पेनाल्टी सुटआउटमा ४–२ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिना १४ पटकको उपाधि विजेता हो । तर उसले सन् १९९३ यता उपाधि जित्न सकेको छैन । कोलम्बियाले भने एकपटक २००१ मा उपाधि जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय