BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज (सोमबार) सकिँदै छ।
आइतबार रमन श्रेष्ठले एक घण्टा बहस गरेका हुन्।

आज बाँकी समयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन्।

जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ।

एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसियसनका २ र सर्वोच्च बारका २ वरिष्ठ अधिवक्ताले २ घण्टा राय राख्नेछन्।

इजलासले चाहे आजै (सोमबार) बहस सकिने सम्भावना छ। यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ।

प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै हालिएको मुद्दाको फैसला कस्तो आउला भन्ने जनचासो व्यापक बनेको छ।

यही असार ९ देखि जारी सुनुवाइमा पक्ष र विपक्ष गरी २९ घण्टा बहस भइसकेको छ।

सुरुमा निवेदक पक्षले १२ घण्टा बहस गरे। त्यसपछि विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट १४ घण्टा बहस भयो भने रिट निवेदनकै विपक्षी तर रिटका पक्षधर सभामुखका तर्फबाट २ घण्टा बहस भएसँगै सुनुवाइ सकिन लागेको हो।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि परेका दुवै (ओली र देउवाको) दाबी गत जेठ ७ गते अस्वीकृत गरेकी थिइन्। त्यही मध्यराति सरकारको सिफारिसमा उनले प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्च अदालतमा मुद्दा परेको हो।

सोमबार बहस सकिए पनि फैसला आउन भने केही दिन लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय