BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

काठमाडौं, असार २० । २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास बनाउन हालसम्म १ खर्ब ९९ अर्ब ५६ करोड खर्च भएको छ । सरकारले भूकम्पपीडितको निजी आवास बनाउन अनुदानबापत तीन किस्ता गरी रू। ३ लाख उपलब्ध गराउँदै आएको छ । तेस्रो किस्ता पाउनेको संख्या ६ लाख ६५ हजार २३३ रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेकामध्ये तेस्रो किस्ता लिनेको संख्या हालसम्म ८१ दशमलव २६ प्रतिशत छ । सरकारले भूकम्पपीडित लाभग्राहीले घर निर्माण गरिसकेपछि तेस्रो किस्ता दिन्छ । लाभग्राही पहिलो किस्ता ५० हजार, दोस्रो २ लाख र तेस्रो किस्तास्वरूप ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणका अनुसार पुनर्निर्माणको लाभग्राहीको संख्या ८ लाख ५८ हजार २८२ छ । त्यसमध्ये ९५ प्रतिशत दशमलव ३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ जनासँग अनुदानका लागि सम्झौता भएको छ । यसमध्ये पहिलो किस्ता लिने ९९ दशमलव ७६ प्रतिशत, दोस्रो ८८ दशमलव ८४ प्रतिशत र तेस्रो किस्ता लिने ८१ दशमलव २६ प्रतिशत छन् ।
यसैगरी हालसम्म अनुदान सम्झौता भएकामध्ये ७४ दशमलव ६८ प्रतिशतले आवास बनाइसकेका छन् । यस्तै १ लाख ४६ हजार १५३ अर्थात् १७ दशमलव ८६ प्रतिशत निजी आवास पुनर्निर्माणका क्रममा छन् । कोरोना महामारीका कारण निजी आवास निर्माणको अवधि थप गरी कात्तिक मसान्तसम्म पु¥याइएसँगै अनुदान लिने म्याद पनि प्राधिकरणले थप गरेको छ ।
प्राधिकरण कार्यकारी समितिको बिहीवारको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ । यसअघि भने प्राधिकरणले यस्तो अनुदान लिने अन्तिम मिति वैशाखसम्म मात्रै थपेको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय