कलिका १० नेपाली सेनाको सिंहनाथ गण कमाण्डो, शक्तिखोरनेपाली सेनाको सिंहनाथ गण शक्तिखोरका (कमाण्डो) सेनाहरुद्धारा कालिका नगरपलिका का बाढी प्रभवित क्षेत्रहरुमा उद्धार कार्यमा खटिएको छ ।

कलिका नगरपालिका अन्तर्गत वार्ड नं १० र ११ को सिद्धीको बाढीग्रस्त क्षेत्र तिनदोभान लगायत सिद्धीका अधिकाश क्षेत्रमा बाढी पसे पछि सेनाका टोलिहरुले त्यहाका प्रभावित क्षेत्रका घरहरु बाट मानिस लगायत घरका सम्पुर्ण सरसमानहरु र बस्तुचौपाया हरु लाई सुरक्षित स्थान तर्फ स्थानतरण गरिएको थियो । साथै तिनदाोभान बजार नजिक रहेको कयर खोलामा ढुुङा हरु हालेर अस्थाई रुपमा खोलालाई मुलधारतर्फ नै फर्काउने कार्य समेत सेनाले गरेका छन ।

त्यस्तै कयर खोलाको बाढीले हिजो क्षती पुर्याएको कालिका( न्युरेनी पक्की पुललाई पनि अस्थायी रूपमा सेनाले सञ्चालनमा ल्याएको छ । नपाली सेनाको सिंहनाथ गणका सेनाहरुले सो पुलमा बाँसको पुल बनाई पैदल आगमनलाई सुचारु गराएका हुन । हिजोको बाढीले सो पुलको डाईभर्सन बगाँउदा कालिका वडा नं।८ को न्युरेनी, देवीटार, अजिङ्गरे गाउँमा यातायात सम्बन्ध टुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय