असार १४ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे संख्यामा संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार ८५३ रहेको छ । नेपालमा हालसम्म छ लाख ३५ हजार १८८ जनामा कोरोना भाइरस संक्रमण भएका छन् । पाँच लाख ८८ हजार १८७ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै, पछिल्लाे २४ घण्टामा ४२ जना विरामी मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार ५१ जनाको मृत्यु भएको छ ।