BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

रमेश राना मगर ,संतोष कोईराला
चितवन । रत्ननगर नगरपालिका वडा नं. ११ ले बुधबार वडाभित्रका आठ जना महिलाहरुलाई बाख्रा वितरण गरेको छ । आर्थिाक वर्ष २०७७÷७८ को कृषि तथा महिला लक्षित कार्यक्रमअन्तर्गत एकल महिला, अति विपन्न, दलित र आदिवासी जनजाति महिलाहरुका लागि बाख्र्रा वितरण गरिएको कार्यक्रम संयोजक विन्दा कुमारी कार्कीले जानकारी दिइन् । पशुपालनको मध्यमबाट उद्यमशिल बनाउने, मासुुमा व्यावसायिकरण गर्नको लागि मासुजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न, स्वरोजगारी बन्न र आय आर्जन बढाउने गरी सहज जीवनयापनको लागि वडाले महिला लक्षित कार्यक्रम ल्याएको उनले बताइन् ।


बुधबार वितरण भएका बाख्राहरुमा बोयर क्रस, जमुनापारि, लामकाने आदि जातका छन् । वडाले वडाभित्र रहेका १८ वटा टोल विकास संस्थाबाट छनौट गरी २० जना महिलालाई बाख्रा वितरण गर्ने कार्यक्रम ल्याएको थियो । सोहीअनुसार पहिलो चरणको कार्यक्रमअन्तर्गत बुधबार ८ जनालाई वितरण गरिएको उनको भनाइ छ । छनौटमा परेका बाँकीलाई पनि अबको केही दिनभित्रै वितरण गरिसक्ने उनले बताइन् ।


आर्थिक वर्ष २०७७÷७८ को लागि महिला लक्षित कार्यक्रम अन्तर्गतको एक लाख १६ हजार र अवलोकन भ्रमणको लागि विनियोजित रकम ५८ हजार गरी एक लाख ७४ हजार रुपैयाँ रकमबाट उक्त कार्यक्रम ल्याएको वडा कार्यालयका सचिव लीला नाथअर्यालले जानकारी दिए । नगरपालिकाकी उपमेयर विमला दुवाडीले भने नगरक्षेत्रका सबै वडाले ११ नम्बर वडाबाट धेरै काम सिक्न सकिने बताइन् । महिलाहरुलाई वडाले दिएको बाख्राबाट आम्दानीको स्रोत बढाउन सहज हुने उनले बताइन् । स्थानीय सरकारले बीऊको व्यवस्था गरिदिएपछि त्यसपछिको वृद्धिविकास आफैँले गरेर बढाउन सकिने उनको भनाइ छ ।
वडाअध्यक्ष शशीभक्त न्यौपानेले हाल वितरण भएका बाख्राको पालनपोषणबारे वडा कार्यालयले अनुगमन गरिरहने हुँदा राम्रोसँग पालेर संख्या बढाउनतर्फ ध्यान दिन आग्रह गरे । एउटै बाख्रालाई माउ बनाएर पाठापाठी उत्पादन गर्न सके त्यसैले आम्दानीको स्रोत बढाउने हुँदा बाख्रा पाएका सबैले संख्या बढाउने विषयमा जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय