ब्रदर–हुड नेपालले आयोजना गरेको देशव्यापी अनलाइन लुडो प्रतियोगितामा इलामका पूरण अधिकारी प्रथम भएका छन् । जेठ १२ देखि २३ गतेसम्म सञ्चालित खेलमा देशभरबाट एक सय २८ जना खेलाडी सहभागी थिए ।

प्रतिस्पर्धामा पाँचथरका घनु मिश्र, चितवनका पवन न्यौपाने र विराटनगर आशिष विष्ट क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भए । प्रथम स्थानप्राप्त गर्नेलाई तीन हजार नगद पुरस्कार आयोजकले प्रदान गर्नेछन् भने कार्टुनिस्ट रवि मिश्रले डिजिटल कार्टुन बनाइदिने छन् ।

विजयीलाई अन्य पुरस्कारका रूपमा निःशुल्क चिना टिप्पणी हेर्ने सुविधादेखि देशव्यापी भ्रमणको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ । त्योसँगै २५ प्रायोजकले विभिन्न खाले पुरस्कार घोषणा गरेका छन्, जसमा १५ हजार रुपैयाँ बराबरको वेबसाइट बनाइदिनेदेखि रिचार्ज र स्वादिष्ट खानाको मौकासमेत प्रदान प्राप्त हुनेछ । ब्रदर–हुडका संयोजक गणेश कार्कीका अनुसार पुरस्कार नगद र जिन्सी गरी अनुमानित एक लाख पचास हजार रुपैयाँ बराबर हुनेछ ।

प्रतियोगितामा द्वितीय हुनेलाई १० हजार रुपैयाँ बराबरका विभिन्न पुरस्कार व्यवस्था हुनेछ भने तृतीय र सान्त्वनालाई पनि विभिन्न आकर्षक पुरस्कार रहेको आयोजक ब्रदर–हुड सदस्य सुदीप पौडेलले जानकारी दिए ।

अनलाइनबाट प्राप्त हुनेबाहेक अन्य पुरस्कार भने लकडाउन खुलेपछि विजयी आफैँले सङ्कलन गर्नुपर्ने आयोजकले जनाइएको छ । कार्यक्रमको रोचक पक्ष त के छ भने विजेतालाई पुरस्कारका रूपमा धरान–धनकुटा टुरदेखि निःशुल्क फोटोसुटको मौकासमेत प्राप्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय