डॉ बिष्णु शर्मा नेपाल

हाल लंडन बसोबाश

A hydropower engineer. BE Civil (Pulchowk), MSc Hydropower (Norway), PhD Sediment (UK)

अहा चुनाबी सरकारमा जसपाका मात्रै १० नयाँ मन्त्रीहरु – शहरी बिकासमा राजेन्द्र महतो, उर्जा-जलश्रोत-सिंचाईमा शरद सिङ, खानेपानीमा अनिल झा, भुमिब्यबस्थामा लक्ष्मणलाल कर्ण, पर्यटनमा उमाशंकर आदि आदि। परराष्ट्रमा पहिले निकालिएका एमालेकै इन्जिनियर रघुबिर महासेठ, बिचरा सोझा-ईमान्दार प्रदीप ज्ञंवाली जिंउदो शहिद।
अब यसो हेर्दा यस्तो राम्रो कम्फोर्टेबल टिम आएपछि मुलुक सम्बृद्द नभएर के होला त? गएको ५-७ बर्ष माओबादीले झम्पट बनाएको उर्जाक्षेत्र (लोडशेडिङ हटाएको गफ छोडौं- अहिलेपनी ठूलदाइले उताबाट कट गर्ने बित्तिकै, यत्ता झ्याप हुन्छ) परिबर्तन त हुने भो तर कस्तो हुने हो सोच्नै गाह्रो पो पर्ने भो? कहिले बास्केटका प्रोजेक्ट बेच्ने त, कहिले ठूलठूला लाइसेन्स चाइनिजलाई बेच्ने गरेर ४-५ बर्ष लोडशेडिंगकै गफले बिताइदिए, एउटा पनि ठूलो प्रोजेक्ट शुरु भएनन्, ३५ अर्बमा बन्ने भनेको तामाकोशी १०० अर्ब पुर्याउने भए।
अब यी नयाँ भण्डारी ब्रदरले के गर्ने हुन, अलिक चनाखो हुनुहोला सबैजना। बुढीगण्डकी बिंउताउने होलान्, अरु अनेकन ठूला जलबिध्युत र खनिज आयोजनाका लाइसेन्स ह्याण्डओभर गर्ने होलान्, महाकाली, कर्णाली, गण्डकी र कोशीमा सम्बृद्दी ल्याउने होलान। मस्ती छ अहिलेका मन्त्रीहरुलाई, केही रुकावट छैन, बोल्नेहरु थाकिसके, पाकिसके र धेरैले त डांडा पनि काटिसके। राप्रपाबाट पनि कसैलाई मन्त्री बनाउनु छ भने बरु यही मेसोमा बिक्रम पाण्डेजस्ता होनाहार देशप्रेमी ठेकेदार साबलाई बनाए गज्जबै हुनेथियो। गिटी-बालुवा, ढुङा, खनिज मन्त्री गज्जब सुहांउछ, उनको लामो र खारिएको अनुभब हेर्दा।
चुनाब पनि आंउदैछ, सम्बृद्द पनि भैनेछ।
पहिले सपोर्ट गर्थिस अहिले बिरोध गर्न थालिस पनि भन्लान कसैकसैले, हो त म के गरुं, म चेन्ज भएको होइन के, बुढै चेन्ज भैदिए त अनि। उनलाई पनि बाध्य पारे रे, खाइराको पद चट्टै कसरी छोड्नु, त्यो पनि दुश्मनलाई?
छुटाउनै नहुने एउटो कुरो चांहि, देशलाई तहस नहस बनाउने माकुने र प्रचण्डलाई ओलीबाले अलिअलि भएपनि लाइनमा ल्याउने काम गरे, त्यसको चांहि मुक्त कण्ठले प्रशंसा गरिन्छ।
ओलीबाले अब छिट्टै संघीयता हटांउछन, हिन्दु अधिराज्य फिर्ता ल्यांउछन भन्ने धेरैको आशा छ, त्यसमा चांहि काम हुनपनि सक्ला वा त्यत्तिकै तुहिएला, हेर्दै जाउं, भैदिए त हुन्थ्यो। तर अब चुचे नक्साको आशा चांही अहिलेलाई गयो। नागरीकताको सम्बन्धमा अस्तिसम्म उनको भूमिका पोजिटिभ नै थियो, तर एकाएक अहिले आएर आंफैले रोकिराखेको अध्यादेश जारीगर्दा देश छिट्टैनै फिजिकरणतर्फ जाने खतरा बढ्यो –बिस्तृतमा अलिपछि अर्को स्ट्याटसमा।
अनि जसपासङको अस्वभाबिक मिलेमतो बढेकोले अब चाहिं मुद्दा हेरेर मात्रै ओल्बालाई समर्थन वा बिरोध गर्ने नीति बनाइयो। कोही नरिसाउनु, हामीले सोच्ने देश हो ब्यक्ती होइन

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय