डॉक्टर बिष्णु शर्मा नेपाल

हाल लंडन बसोबाश

बालुवा, ढुङा, गिटि यी निर्माण सामाग्री हुन। हामीले सिमेन्ट, डन्डी, फलाम लगायतका निर्माण सामाग्री भारतबाट ल्यांउछौँ भने, यी बालुवा, ढुङा, गिटी पनि यदी हामीलाई बढी हुने देखियो र त्यसबाट राम्रो मूल्य पाइने भयो भने बेच्न पाइन्छ, सम्बृद्द हुन पाइन्छ, केही कुरा भएन।

तर यसको निर्क्यौल गर्न हामीले प्रयाप्त अध्ययन गर्यौं त? जस्तै, आंउदो ५, १० र १५ बर्षमा हामीले कतिओटा पक्की पुल बनांउदै छौं, कतिओटा ठूला ड्याम बन्दैछन, कतिओटा शहर बस्दैछन्, कति किलोमिटर हाइवे बन्दै छ, कतिओटा एअरपोर्ट बन्दैछन्, कति किलोमिटर रेलवे बन्दैछ, कुन-कुन उध्योग कहां-कहाँ बन्दैछन र तिनलाई चाहिने गिटि, बालुवा, ढुङाको मात्रा के कति हो, कहाँ कहांबाट निकाल्दा सस्तो पर्ने हो, कुन सस्तो क्वारीसाइट वा खानी हो र कुन महङो खानी हो, कुन हामीले राख्ने र कुन बिक्रिको लागी छुट्ट्याउने हो?

यसमा केही हिसाबकिताब भएको होला कि नहोला? कि झ्वाटट उताबाट फोन आएर यताबाट बजेटमा पर्या त हैन होला ? जसरी यो आयो, शंका गर्ने ठांउ प्रशस्तै देखियो, सरकारले यस्तो हचुवा काम गरेर हुंदैन।

कोही स्वघोषित बिज्ञंले एउटा कागतमा एकाध-घण्टामा निकालेको हिसाबबाट पनि यस्ता कुराको टुंङो लाग्दैन। र नेताहरुले चर्को स्वर गरेर फेसबुकमा लेख्दैमा त्यसले पनि त्यती ठूलो अर्थ राख्दैन। यो काम गर्न समय चाहिन्छ, टिम चाहिन्छ, गहिरो अनुसन्धान चाहिन्छ, जुन कुरा चाहिने मात्रामा भएकै छैन। फेरी भोलि हामीले हाइड्रोपावरका ड्याम र अरु पूर्बाधारका आयोजना बनांउदा हामीलाई नै गिटी-बालुवा-ढुङा नपुगेर आपत पर्ने त होइन, बिचार गरौं। सस्तो र राम्रो चिज कौडिको मूल्यमा अरुलाई, अनि आंफूलाई चांहिदा हेर्या हेर्यै नहोस।

यसको उदाहरण अरुण तेश्रो र माथिल्लो कर्णाली छन्। अति राम्रा आयोजना ठूल्दाईलाई, यता आंफूलाई बुढिगण्डकी जस्ता साह्रै महङा झम्पट आयोजना, निल्नु न ओकल्नु? अब त बुझ्नुभयो होला नि, बिश्वबैंकको पहलमा बन्नै लागेको अरुण तेश्रोमा ठूल्दाइकै निर्देशन बमोजिम माधब नेपालले भांझो हालेर रद्द गराए, अनि पछिगएर सबै मिली त्यती राम्रो आयोजना उहीँ ठूल्दाइलाई टक्र्याए? त्यती गरेपनि बिचरा सुशील दाइको मरण कस्तो रह्यो, भनिरहनु नपर्ला।

यो भन्दा महत्वपूर्ण कुरा, नदी उत्खनन र पहाड कटाईले भूक्षय हुने र नदिको ग्रेडिएन्ट नमिल्दा ठूला बाढी आंउदा बस्ती र खेतीमै पस्ने र ठूलो कटान हुने र मूलसुक्ने लगायतका अनगिन्ती बाताबरणीय समस्या पर्नेहुनाले यसमा गहिरो अध्ययनको जरुरत छ। चुरे संरक्षण बिकास समिती त छंदै छ त्यसका गुरुयोजना पनि हेरेर लागु गरियोस। आंफूलाई चाहियो भनेर तर्कको लागी तर्क, अथवा दुनिंयाले काठ बेच्यो, तेल बेच्यो र धनी भयो, हामी पनि किन नहुने भन्ने जस्ता गफले यसमा काम गर्दैन।

पहिले राम्रो अध्ययन गरौँ, सरोकारवालाहरु सङ्ग पनि छलफल गरौं, अनि निर्णय गरौं । यो कसैको सपोर्ट वा बिरोधमा लेखेको हैन, सदाझैं मैले देशको हितमा देखेको कुरा लेखेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय