बिजय रुपाखेति

गोरखा

हाम्रो समाजमा एउटा् यस्तो बर्ग छ जसले तपाईं नहिड्दा भन्छ त्यो हिंड्न् सक्दैन।तपाइँ हिडेर जब लड्नु हुन्छ तर उ तपाईंलाई उठाउन जादैन बरु भन्छ देखिस मैले भनेको हु नि त्यो फटाह ढोगी हिड्यो ? लड्यो भनेर टिप्पणी गर्छ। यस्तो संकिर्णताबाट ग्रस्त बर्ग गुलियो पाए पछि सधै चाट्नपाइन्छ भन्ने सोच पालिरहेको हुन्छ।यो समाज जस्तोसुकै भ्रष्ट भएपनी यहि समाजमा राम्रो गर्न चाहने प्रसस्त मान्छेपनि छन भनेर त्यो मान्छेले कहिलै सोच्दैन।मान्छेलाइ समष्टिगत रुपमा मुल्यांकन गरिनुपर्छ कोहो पनी मान्छे आफू पुर्ण कहिलै हुदैन।

हरेक सकारात्मक मान्छेले केबल समाजमा आफुलाइ स्थापित गर्न ईमानदारपुर्बक अघि बढ्ने प्रयत्न गर्छ।भने उक्त बर्गका मान्छेहरुलाइ बुझ्नै चाहदैन।उनिहरु तथ्य खोज्न चाहदैनन बरु हल्लै हल्लामा रुमलिएका हुन्छन।तिनले आफुलाइ पुर्णरुपमा ज्ञानि र बिबेकी सम्झिन्छन।आफुले मन नपराएको ब्यक्तिमा अज्ञानता र बिबेकसुन्यता मात्रै।देख्छन किनभने ती समाजका हरिया साप हुन तिनको काम नै डस्ने हो।

नकारात्मक सोच भएका मान्छेको संख्या यसै सानो हुन्छ ।केबल तिनको आबाज मात्रै ठूलो हुन्छ।त्यसैले कहिलेकाही धेरैलाइ तिनकै आबाज समाजको प्रतिनिधि आबाज हो कि भन्ने भान पर्छ।बास्तबमा ती विसालु हुन्छन र कहिलेकाहीं तेस्ले सिङ्गो समाजनै बिगार्छ। तिनको संख्या सानो किन नहोस सिधाबाटोमा हिड्नेहरुदेखि डराउछन।

ती सेतो कमिजमा लागेको कालो दाग जस्तै हुन यसले सबैका आँखा खिच्छन। तर सम्पुर्ण कमिजलाइ कालो बनाउन सक्दैनन।तसर्थ समाजका ती स्खलित र पहिचानहिन ब्यक्तीबाट सचेत रहनु जरुरी छ सेता प्रबृत्तिका मान्छेहरु सधै सफा हुन्छन भने काला प्रवृत्तिका मान्छेहरु सधै फोहोरी र घिनाउना हुन्छन।

त्यसैले समाजलाइ एउटा साध्य र सामाजिक सेता मान्छेहरुलाइ सकारात्मक उर्जाको रुपमा प्रयोग गरौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय