विवेक उप्रेती
धादिङ

सिङ्गो विश्व जगत लाई नै आक्रान्त बनाइ आएको यस माहाब्याधी कोरोना भाइरस (दोस्रो लहर) बाट मुख्यत नेपालका अधिकाम्स नागरिक प्रताडित हुन पुगे ! अक्सिज्न र अस्पताल मा शैय नपाएर धेरै को विच्ल्ली भएको दयनिय अवस्था यत्रतत्र सर्वत्र कोलहाल रुपमा फैलिरहेको छ ! विशेषत कहिँ कतै पहुँच नभएकाहरुका लागि अहिले हरिविजोग स्थिति छ !
अघिल्लो लहर मा सरकार ले गल्ती त गरेको थियो नै योपाली पनि तय्स्तै गल्ती लाई निरन्तरता दियो फलस्वरूप आज यतिका नागरिक को लास देखिदै छ ! दोस्रो लहर फैलिनु केही समय अगावै देखि चिकित्सक र सरुवा रोग विशेषज्ञ ले सरकार लाई आवस्यक सुझाव र सल्लाह दिदा दिदै पनि सरकार को लाचारिपन का कारण अन्तत यसले भयावह रुप लिग्यो !
केही समय राजनीतिक दलहरु सत्ता को सौदावाजी मा सक्रिय रहन पुगे !
सरकार आफ्ना आसेपासे लाई नियुक्ति दिन तल्लीन रह्यो !
सरकार को उदासिन्ता ले कोरोना माहामारी ले उग्र रुप लिग्यो
मिथ्या कुरा गरेर जनमानसलाई अल्झाइदियो यस्तो सङ्कट को बेलामा नागरिक लाई राज्य ले ढाडस दिनुपर्ने थियो तय्स बाट पनि राज्य सरकार चुक्न पुग्यो !
सरकार को अकर्मण्यता ,असक्षमता ले गर्दा नागरिक मा राजनीति प्रती को वितृष्णा जाग्दै त थियोे नै झन् केही समय क्रुर र तानाशाह शैलीका प्रधानमन्त्री का हरेक कदम लाई देव्तव्करण गर्ने जमात खडा भैदियो जसले गर्दा प्रधानमन्त्री मा झन् उत्साह लैदियो ! सत्ता टिकाउन कै लागि सरकार ले भोोतिक संरचना खडा गरि नयाँ अस्त्र को रुपमा प्रयोग गर्यो | यस्ता मनोवृत्ति बाट ग्रसित शासक हरुमा विकास केवल भोोतिक संरचना ठडाउनु मात्रै रहयो ।
उनिहरुमा नागरिक को जिवन रक्षा को कुनै सरोकार रहेन । यसरी नागरिक ले सरकार भएको प्रतयाभुति गर्न नसक्ने नै भए |
अझै पनि कोरोना खोप प्रकरण मा कमिसन कै कुराहरु चल्दै गरेका छन् |
भनिन्छ चुनौती मा नै अवसर हुन्छ ?
अहिले कोरोना को कहर बाट सिङ्गो मानव जाति नै आजित भएका छन् | कोरोना नियन्त्रण गर्न सरकार को कदम अहिले लकडाउन मात्रै भएको छ |
सरकार को लकडाउन ले गरिब निमुखा को जिविकोपार्जन मा कठिनाइ बढनेवाला छ |
शैक्षिक एवम् स्वास्थय क्षेत्रको अवस्था दयनिय छ |
अर्थतन्त्र शिथिल हुने पक्का छ |
नागरिक ले सरकार भएको आभाष गर्न सकुन!
नागरिक को जीवन रक्षा गर्नु सरकार को दायित्व नै भइहाल्यो
तय्स अलवा शिक्षा, स्वास्थय , अर्थतन्त्र एव्म अन्य विविध सेकटरमा सरकार ले ठोस कदम चाल्नु नितान्त जरुरी छ !
शिक्षा प्रणालि को विक्लप खोजिनुपर्च !
शत्ता को सौदाबाजी लाई केहि समय छाडेर सबै गोलब्द्द हौं !
आपतकालीन समय लाई मात्र नभएर हामीले दीर्घकालीन समय लाई पनि सोच्नुपर्छ !! म राज्य को सचेत नागरिक को हैसियत्ले नागरिक का हरेक मुद्दामा दत्तचित्त भएर जुटिदिन र नागरिक जीवन लाई दाउपेच नबनाइ दिन सरकार ऐव्म राजनीतिक दल समक्ष सविनय अनुरोध गर्दछु !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय