रवि रोषी, चितवन ।
चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ जमुनापुर घोल खोलाको ऐलानी जग्गाको डीलमा छाप्रो बनाई वर्षौं देखि बृद्द जुठे सुनार मुटु रोगी श्रीमती र नातिनीको साथमा बस्दै आएका थिए ।
पहाडमा रहँदाछँदा साहुको मेलापात र उकालीओराली गर्दै दस नंग्रा खियाउँदा पनि आफ्नो र परिवारको आर्थिक उन्नतीको सम्भावना नदेखेपछी ऐलानी जग्गामा छाप्रो हालेर तीन छोरी, एक छोरा र श्रीमती संग दुख नै गरेर भएपनी सुखको मानो खाएर अभाव र दुखलाई बिर्सिदिएर निम्छरो जिन्दगी यापन गर्दै आएका थिए ।

जुठे सुनारले बढेका आफ्ना ३ छोरीलाई गच्छे अनुसारको लक्ष्य निभाउँदै ज्वाइँको घर पठाए भने छोरो हुर्किएपछी छोरोको बिहेकर्म पनि दुखजिलो गरेर पूरा गरेका थिए ।

बिहे गरेर एउटी नातिनी जन्मिएपछी छोरोको असामयिक देहवसान भएको तोडमा पिडाको आँसु निल्दै बाँचिरहेका जुठे सुनारलाई फेरि अर्को बज्रपात पर्यो । छोरा बुहारीपट्टि बाट जायजन्म भएको एउटी नाबालक बच्चा छोराको मृत्युपछी बुहारीले छोरी र घर छोडेर अर्कै संग घरजम गरी बसिदिएपछी नातिनिको पालनपोषण पनि जुठे सुनार र उनकी श्रीमती सान्नानी विककै थाप्लोमा आइपर्यो ।

बुहारी पोइल गएपनी नाबालक नातिनिको अनुहारमा आफ्नै छोरोको प्रतिरुप नियाल्दै घरसंसार धान्दै आएका थिए ।
जहाँ गहिरो त्यहिँ ताल भने झैं तिनै अति बिपन्न कारुणिक दुखको भारी बोक्दै बाँचेका जुठे सुनारकी ७६ वर्षीया श्रीमतिलाई फेरि मुटुको रोगले थला पार्यो ।

आर्थिक दरिद्रता र पिरैपिरको भारीले थिलोथिलो भएका जुठे सुनारले आर्थिक अभावको कारणले श्रीमतिको आवश्यक उपचार गर्न नसकेपछी गत जेठ ३ गते सान्नानी विकको प्राणपखेरु वायुमण्डलीय एकान्ततामा विलिन हुन पुग्यो ।

देह अवसान शरीरलाई घाटमा गरिने कर्म पूरा गर्न र दाउरा किन्ने पैसा पनि नहुँदा सुकुम्बासी वस्तिका सबै छिमेकिले पोल्टा टक्टक्याउँदै भरथेग रकमको जोहो गरे । शवदाह कर्म जेनतेन टारेपनी किरिया कर्म टार्न र घरमा आएका छोरी ज्वाइँ र कुरुवाको रुपमा आएका आफन्तलाई खुवाउने चामल दालको गेडो न कतैबाट जोहो हुन सक्यो, न त कोहि जनप्रतिनिधी र समाजका जिम्मेवार राजनितिक ब्यक्तित्वलाई फोन सम्पर्क गर्दा पनि सहयोग याचना त परै जाओस, शान्त्वना दिन पनि जुठे सुनारको घरमा कोहि पनि ढिम्किएनन।

किरियापुत्रीको रुपमा कोरा बसेका छोरी लगायत उपस्थित भएका ज्वाइँ पाहुनाको पेट भर्न पनि गाउँमै मुठी संकलन गर्ने शीतल टोलकि नेपाली कांग्रेस दलित महिला संघकी उम्मेदवार लक्ष्मी विक र नेपाली कांग्रेस भूपू सैनिक संघका जिल्ला उपाध्यक्ष र नेपाली कांग्रेस रनपा १५ को कार्यसमिती सदस्य तथा कार्यवाहक सभापति केदारमान वाइवाले किरिया संस्कार सम्पन्न गर्न अति नै आर्थिक अभाव परेको बारेमा नेपाली कांग्रेस चितवनका सदस्य तथा तरुण बिभाग संयोजक प्रल्हाद सापकोटालाई जानकारी गराउनु भएको थियो ।

सामाजिक तथा राजनितिक ब्यक्तित्व प्रल्हाद सापकोटाले सो कारुणिक पीडाको दारुण कथा सुनेपछी २५ सय बरावरको खाधान्न र ७ हजार नगद तत्काललाई किरिया कर्म सम्पन्न गर्न जुठे सुनारलाई प्रदान गर्न घरमै पुगे ।

एकातिर आफ्नो जीवन संगिनीको मृत्यु पिडाबोध र आर्थिक अभावले संस्कार सम्पन्न गर्न गाह्रो भएको अवस्थामा समाजसेवी प्रल्हाद सापकोटाले गर्नुभएको सहयोग ७० हजार प्रदान गरे जस्तै भएको छ जुठे सुनारको लागि ।

सहयोगदाता सापकोटाको सहृदय सहयोग प्रति उपस्थित शीतल टोल निवासी भुमिबिहिन स्थानीयहरुले मुग्ध कण्ठले प्रशंसा गरेका थिए ।

आफ्नो व्यवशाय, राजनिती र सामाजिक पुण्य अभियानलाई सन्तुलित रुपमा जोडतोडको साथ अघि बढाउँदै लगेका मानव कल्याणकारी भावनाका धनी युवा व्यक्तित्व प्रल्हाद सापकोटा चितवन तथा चितवन बाहिर पनि दुखीपिडितका दुख मेट्न लाखौं रुपैंया सहयोग गरिसकेका छन् ।

गतवर्ष कोरोनाको कहरमा रोजगारविहिन भएर खाधान्न अभावमा परेका दर्जनौं असहायलाई स्वस्फुर्त: रुपमा खाधान्न बितरण गरेका थिए भने आर्थिक अभावका कारणले शैक्षिक आर्जन गर्न बन्चित दर्जनौं असहाय बालवालिकालाई आवश्यक सामाग्री सहित पोषाकहरु बितरण गर्दै सेवा पुर्याउँदै आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय