BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

बाजुरा कात्तिक २१ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदायहरु यती बेलाको कोरोनाको कहरसँगै भेडाबाख्रा लिएर औलतिर झर्न थालेका छन् । हिउँद लागेपछि माथिल्लो क्षेत्रमा अत्यधिक चिसो बढ्ने र हिउँ परेपछि भेडाबाख्रालाई चरन टिपन गर्न निकै कठिन हुने भएकोले उनीहरु कोरोनाको कहरसँगै भेडाबाख्रा सँगै बालबालिका लिएर औलतिर झर्ने गरेका हुन् ।

औलमा तातो हुने हुँदा भेडाबाख्रा,चौरी,गाई घोडा पाल्न धेरै सहज हुन्छ, त्यसैले हिउँदका दुइ चार महिना औलतिर झर्न थालेको बूढीनन्दा नगरपालिका स्थानीय दल रोकायाले बताउनुभयो ।
कोल्टी,पाण्डुसैन तथा आसपासका स्थानमा भेडापालन गर्दै आएका भोटे समुदायहरु हिउँदमा भेडाबाख्रालाई चरन टिपनका लागि तल्लो क्षेत्रको बाह्रबिस, जयवाग्यश्वरी, काँडा र अछाम आसपासका स्थानमा बसाँइसराँइ गर्ने गर्दछ्न ।
उनीहरु सधै झै यो वर्षमा पनि आफ्ना भेडापाठा घोडा तथा चौरीगाइ र बालबालिकाहरुलाई समेत ल्याएर औल र्झन थालेका छन् ।
बाजुराको पाण्डुसैन, कोल्टी लगायतका आसपासमा हिउँदमा धेरै चिसो हुन्छ, हिउँ पर्छ, भेडाबाख्रालाई चरन टिपन गर्न निकै समस्या हुन्छ, त्यसैले भेडाबाख्रा पालन गर्नका लागि हामी हिउँदको महिनामा औल झर्ने गरेको स्थानीय बल रोकायाले बताउनुभयो ।
भेडाबाख्रा पालन पोषण गर्न अभिभावक औल झर्ने भएपछि छोरा छोरीको पढाइमा भने निकै असर हुने गरेको छ ।
घरमा बालबालिकाहरुको स्याहारसुसार गर्ने अन्य कोही नरहेपछि बालबालिकाहरु पनि विद्यालय पढ्न छोडेर हामीसँगै आउन बाध्य हुन्छन् बुढीनन्दा १० पाण्डुसैनका पर्मिला गुरुङ्गले बताउनुभयो ।
उहाँले भन्नुभयो, पहिला चामल नुन तेल लगायतका दैनिक उपभोग्यका सामान लिएर व्यापार गथ्र्यो,अहिले गाउँमा गाडी गुड्न थालेपछि त्यो पनि सम्भब छैन् ।
अहिले तल्लो क्षेत्रका अधिकाशं ठाउँका जङ्गल रोक्का गरी सामुदायिक वन बनाएपछि भेडाबाख्रालाई पालन पोषण गर्न त्याहाँ पनि निकै समस्या हुने गरेको गुरुङ्गले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय