जिल्ला प्रशासन कार्यालय चितवनले नजिकिदै गरेको नेपालीको दोस्रो महान् पर्व तिहारमा देउसीभैलो नखेल्न अनुरोध गरेको छ । जिल्लामा संक्रमण बढिरहेको हुँदा यस वर्षको तिहारमा देउसीभैलो खेल्न मनाही गरिएको हो ।

तिहारमा घरदैलोमा जाने, देउसीभैलो खेल्ने, आसिस दिन, दान दक्षिणा उठाउने गरिन्छ । यो समयमा देउसीभैलो भन्दा आफ्नो, आफन्त र समाजको स्वास्थ्यको ख्याल राख्नुपर्ने सहायक जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताउनु भएको छ ।

उहाँले कोभिड–१९ लाई मध्यनजर गर्दै तिहारमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको जानकारी दिनुभयो । यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय