BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौँ, कात्तिक २१ गते । कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ ।
बोर्डका अनुसार पर्यटक खुला भएको महिना अक्टोबर (कात्तिक)मा मात्रै एक हजार ८७४ जना पर्यटक नेपाल आएका छन् । कोभिड सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दी सुरु गरिएको चैत (अप्रिल)यता सबैभन्दा धेरै पर्यटक यो भित्रिएको यो नै पहिलोपटक हो ।
अक्टोबरअघि अप्रिलमा १३, मेमा ३०, जुनमा एक सय, जुलाईमा १९५, अगस्टमा २६८ र सेप्टेम्बरमा ५८२ जना पर्यटक भित्रिएको बोर्डको तथ्याङ्कले देखाएको छ । सङ्क्रमणका बीच पनि पर्यटकका लागि नेपाल खुला गरिएपछि एकै महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल आएका हुन् ।
बन्दाबन्दी बीचमै पनि विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहे पनि उक्त सङ्ख्या खासगरी नेपालस्थित विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घअन्तर्गतका निकायमा कर्मचारी मात्र रहेको बोर्डले जनाएको छ । अक्टोबरमा नेपाल भित्रिएको विदेशीको सङ्ख्या भने घुम्नकै लागि पर्यटकका रूपमा आएको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिए पनि कोभिड–१९ सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्र ठप्प भएको थियो । बन्दाबन्दी घोषणा हुनुअघि यो वर्षका सुरुवाती दुई महिनामा भने पर्यटक आगमन सङ्ख्या तुलनात्मक रूपमा राम्रो रहेको लामिछानेको भनाइ छ ।
तथ्याङ्कअनुसार जनवरीमा करिब ८० हजार पर्यटक नेपाल आएका थिए । त्यसलगत्तै फेबु्रअरीमा एक लाख एक हजार चार सय पर्यटक नेपाल भित्रिएका थिए । मार्चमा विश्वव्यापी रूपमै कोरोनाको प्रभाव बढिरहेको र २४ तारिखदेखि नेपालमा बन्दाबन्दी नै सुरु भए पनि त्यसअघि ३४ हजार पर्यटक नेपाल आएको देखिन्छ । त्यसयता अक्टोबरसम्म तीन हजार पर्यटक नेपाल आएका हुन् ।
सन् २०२० को १० महिनासम्म नेपाल भित्रिने पर्यटकको सङ्ख्या भने दुई लाख १८ हजार पुगेको छ । पछिल्लो समय खासगरी पर्वतारोहण र पदमार्गका लागि विदेशी पर्यटक नेपाल आएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटनका लागि मुख्य सिजन मानिने अक्टोबर, नोभेम्बरमा पर्यटकका लागि खुला हुँदा यसले केही भए पनि उत्साह थपेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय