BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३३ हजार ३२० व्यक्तिको मृत्यु भएको जोन्स हकिन्स विश्वविद्यालयले बिहीबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८५ लाख ९५ हजार ६४० व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३९ हजार ८७३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ५ हजार १२१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा कोरोना भाइरसबाट मृत्युको हिसाबबाट दोस्रो स्थानमा रहेको छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय