काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । आज (बुधबार) मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘सञ्चारमाध्यममा हल्ला फैलिईसक्छ, राजीनामा दिन पस्यो । तर, तपाईहरु विचार गनुृहोस, के अहिले मैले राजीनामा दिनु उचित हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होईन, देशको लागि । मैले राजीनामा दिनु भनेको देशलाई बर्वादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय