BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं: गत बिहीबार बिहान धारिलो हतियार प्रयोग गरी एक युबकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ।

धापासीमा रहेको देवी मन्दिर नजिक गोरखाको अजिरकोट गाउँपालिका–५ घर भई टोखा बस्ने २४ वर्षीय आशिष मगरमाथि धारिलो हतियार प्रहार भएको थियो।

हतियार प्रहारबाट गम्भीर घाइते भएका मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको थियो।

घटनाको अनुसन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले हत्यामा संलग्न भएको आरोपमा संखुवासभा घर भई टोखा-५ धापासी बस्ने १९ वर्षीय दार्जे शेर्पा, टोखा-५ का २६ वर्षीइ डेडे भनिने राम श्रेष्ठ र स्याङ्जाको गल्याङ–३ का २७ वर्षीय रवि थापामगर छन्।

उनीहरुलाइ कर्तव्य ज्यानको कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी बित्त महाराजगन्जले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय