BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

काठमाडौं, १४ कात्तिक । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भई विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् /

१ कात्तिकमा कोरोना भाइरसको पुष्टि भएपछि चार दिन घरमै बसेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो । उनको अवस्था झन् बिग्रिएर भ्यान्टिलेटरसम्मको आवश्यकता पर्न सक्ने भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । चार दिनयता आइसियूमा राखिएका उनको अवस्था गम्भीर रहेको बुझिएको छ ।

पूर्वमन्त्री समेत रहेका मीन विश्वकर्माका आफन्त विवश पौडेलका अनुसार घरमा आइशोलेशनमा रहँदा नै स्वासप्रश्वासको समस्या बढेको थियो । कोरोना संक्रमण पुष्टि भएको दुई हप्ता हुँदा सम्म अवस्थामा सुधार नभएपछि आफूहरु चिन्तित भएको पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय