देवराज सुवेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहानै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खस्दा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम गरिएको तर दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो ।