काठमाडौं । कोभिड १९ बाट निकै प्रभावित नेपालको पर्यटन क्षेत्रमा सुधारका संकेत देखिएका छन् । नेपालका विभिन्‍न गन्तव्यमध्ये १२ वटा पदयात्रा खुला भएसँगै पदयात्रामा निस्कने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा सुधार आएको छ ।

ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले १२ वटा गन्तव्य पर्यटकका लागि सहज भएको जनाएको छ । यद्यपि केही गन्तव्यमा भने १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम राखिएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले खुला भएका पदयात्रामा पर्यटक र व्यवसायीले स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पूर्ण पालना गर्नुपर्ने बताए । उनले करिब ७० जनालाई पदयात्राका लागि परमिटका लागि नेपाल पर्यटन बोर्डलाई सिफारिस गरेको जानकारी दिए ।

खुला भएका यी हुन् १२ गन्तव्य :

कञ्‍चनजंगा पदयात्रा क्षेत्र

सगरमाथा आधार शिविर पदयात्रा मार्ग

लाङटाङ पदयात्रा क्षेत्र

अन्नपूर्ण सर्किट पदयात्रा क्षेत्र

मर्दी हिमाल पदयात्रा क्षेत्र

मनाङ पदयात्रा क्षेत्र

मुस्ताङ पदयात्रा क्षेत्र

डोल्पा पदयात्रा क्षेत्र

हुम्ला पदयात्रा क्षेत्र

मनास्लु पदयात्रा क्षेत्र

हेलम्बु पदयात्रा क्षेत्र

रुवीभ्याली पदयात्रा क्षेत्र

डोल्पामा १४ दिन क्वारेन्टिन अनिवार्य

खुला गरिएका पदयात्रा माग मध्ये डोल्पामा भने पर्यटकको आगमनमा कडाइ गरिएको छ । टानका अनुसार डोल्पा क्षेत्रको प्रवेश विन्दुबाट पुग्दा नै पर्यटकको पीसीआर रिपोर्ट नेगेटिभ साथमा रहेको हुनुपर्नेछ । पीसीआर नेगेटिभ भएका यात्रुलाई मात्रै डोल्पा क्षेत्रमा प्रवेश पाउँनेछन् । पीसीआर नेगेटिभ भएका पर्यटक अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने हुन्छ ।

अन्नपूर्ण पदमार्ग र घान्द्रुक क्षेत्र बन्द

टान महासचिव सरिता लामाका अनुसार स्थानीय पर्यटन समितिले अन्नपूर्ण वेश क्याम्प र धान्दु्रक क्षेत्र बन्द गरिएको छ ।

एभरेष्ट पदयात्रा शर्तसहित खुला

यता, खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि सर्त सहित सगरमाथा आधार शिविरसम्म पुग्ने एभरेष्ट पदयात्रा मार्ग खुला गरेको छ । तर, त्यस क्षेत्रमा जान अनिवार्य पीसीआर नेगेटिभ भएको हुनुपर्नेछ । पीसीआर परिक्षण पनि निश्चित अस्तापलबाटै गराउनुपर्ने जनाएको छ ।

गाउँपालिकाका अनुसार यस क्षेत्रमा जानको लागि सबै सरकारी अस्पतालमा गरिएको परिक्षणलाई मान्यता दिइएको छ तर, निजी क्षेत्रतर्फ भने ह्याम्स हस्पिटल, स्टार अस्पताल र बीएण्डबी हस्पिटलबाट गरिएको पीसीआर परीक्षणलाई मात्रै मान्यता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय