बारा । बारामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पचरौता नगरपालिका ४ बेल्दारीबाट सोही नगरपालिका ३ रामनगर बस्ने २० वर्षीय बिनोद यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट २ केजी लागुऔषध चरेस बरामद भएको छ ।
प्रहरी चौकी बेल्दारीबाट खटीएको प्रहरीले नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका यादवलाई जाँच गर्ने क्रममा उनले बोकेको झोला र शरीरमा लुकाई राखेको अवस्थामा उक्त लागुऔषध फेला परेको हो ।