BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

अपिल घिमिरे, चितवन
कोरोना संक्रमण बढे संगै मास्कको नियमित प्रयोगकर्ताहरु बढिरहेका छन्। मास्कको प्रयोगले हाच्छ्युं गर्दा खोक्दा मुख र नाकबाट निस्कने थोपा र स्वास एक व्यक्ति बाट अर्को व्यक्तिमा प्रसारित हुन पाउदैन।सम्भावित संक्रमण बाट जोगिन सकिन्छ। सहर,बजार जाँदा वा यात्रा गर्दा गाडी बाट निस्कने धुँवा र बाटोमा उड्ने धुलोबाट बच्न पनि मास्कको प्रयोगले रोकथाम गर्दछ।क्याम्पस ,बिद्यालय जाने शिक्षक र बिद्यार्थी हरु देखि लिएर,किसान,नेता,पत्रकार,कर्मचारी,मजदुर,व्यापारी र कलाकार सबैले यतिबेला मास्क अनिवार्य लगाएका छन्।मास्क लगाए कोरोना बाट जोगिन सकिन्छ कि भनी धेरैले यसको प्रयोग गरेका हुन। कतिले त दुइ वटा सम्म पनि मास्क एकै पटक प्रयोग गर्दछन।केहिले मास्कको प्रयोग त्यति राम्रो नहुने तर्क पनि गर्दछन्। शरीरमा चाहिने मात्रामा अक्सिजन पुग्दैन र उल्टो शरीरमा हानी गर्ने उनीहरुको तर्क हो। तर संक्रमित हरुबाट भाइरस सर्न बाट जोगिने उपाए भने मास्क पनि हो।तर मास्कको प्रयोगमा मानिसहरुलाइ झन्झट समेत हुने गरेको छ। एउटै मस्क्लाई कति दिन सम्म पून प्रयोग गर्ने? क्लिन्कल मास्क कति घण्टा सम्म लगाउने?धुन मिल्छ कि मिल्दैन ? दिनदिनै किन्नु पर्ने,परिवारका हरेकलाई मास्क किनिरहनु पर्ने जस्ता समस्या त छन् नै। बजारमा यतिवेला विभिन्न थरिका मास्क हरु उपलब्ध हुने गरेका छन्। बि पी मेमोरिएल क्यान्सर अस्पताल का डाइरेक्टर डाक्टर तेज गौतमका अनुसार कपडाको मास्क छ भने धोएर पुन प्रयोग गर्न सकिन्छ।क्लिनिकल मास्क हो भने प्रयोग गर्ने मान्छेको अवस्था हेरेर १२ देखि २४ घण्टा सम्म प्रयोग गर्न सकिने गौतमको भनाइ छ।
मास्क प्रयोग गरिसके पछि को समस्या पनि बढ्न थालेको छ। अहिले सडकका छेउछाउमा प्रयोग गरि सकेको मास्कलाइ जाथाभावीफ्याँक्ने गरिएको छ। यसले पर्यावरण मा समेत समस्या आउने देखिएको छ। विश्वोब्यपी रुपमा मास्क को उचित व्यवश्थापन नहुँदा फोहोर बढ्न थालेको । लामो समय देखि सरसफाई अभियान संचालन गर्दै आएका सरसफाई अभियन्ता हरु बढ्दो मास्क प्रयोग ले चिन्तित देखिएका छन्। सरसफाई अभियन्ता एल एन दवाडी सडक छेउमा यसरी मास्क नफाल्न अनुरोध गर्दछन। उनि केहिदिन अघि प्रयोग मा आएर फलेको मास्क टिपी रहेका थिए। पंक्तिकार स्वयमलाइ पनि मास्क टिप्दै हिंडेको अनुभव छ। तसर्थ हाम्रो यो अनुरोध पनि छ मास्कको उचित प्रयोग गरौँ र आफुले प्रयोग गरि सकेको मास्क लै उचित व्यवश्थापन गरौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय