राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।
इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्।
लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ।
आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।
दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।
यस्तो छ सूचना: