चितवन ७ कात्तिक । तेह्रथुममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । तेह्रथुमको आठराई– ५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीबार अपरान्ह सवाँ ५ बजे आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रान्समिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनी वेहोस भएका थिए ।
वेहोस भएका बराईलीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
मृतक बराईली सिराहा शेर गणमा कार्यरत नेपाली सेनाको जवान रहेको खुल्न आएको छ ।