BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

काठमाडौँ, कात्तिक ७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप चार सय ल्याउने भएको छ । कम्पनीले बजारमा भन्दा प्रतिकेजीमै १०० रुपियाँ सस्तोमा खसीबोका बिक्री गरेपछि एक हजार खसीबोका तीन दिनमै सकिएका थिए । माग अझै रहेकाले कम्पनीले थप चार सय ल्याउन लागेको हो ।
दशैँलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले यसअघि ल्याएका खसीबोका सकिएको र थप माग भएका पनि नआइसकेकाले बिहीबार बिक्री स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शुक्रबार चार सय खसीबोका बिक्री गर्न बिहीबार बिहानै कुपन बाँडिसकेका छौँ, अब कुपन लिएकाले मात्रै खसीबोका पाउनुहुन्छ । ”
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कम्पनीले बिक्रीका लागि ल्याइएका खसीबोकाको मूल्य मात्रै सस्तो होइन स्वस्थकर भएकाले पनि उपभोक्ताको आकर्षण बढी भएको बताउनुभयो । कम्पनीका अनुसार बिहीबार साँझसम्म दाङको तुलसीपुरबाट २०० र मकवानपुरको हेटौँडाबाट २०० गरी ४०० खसीबोका आइपुग्ने छन् र शुक्रबार बिहान कुपन लिएकालाई बिक्री गरिने छ ।
यो वर्ष एक हजार सङ्ख्यामा मात्र खसीबोका ल्याउने भने पनि उपभोक्ताको माग बढेकाले थप चार सय ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकेजी ५५० रुपियाँमा बिक्री गरेको थियो ।
बिक्री खुला गरेको पहिलो दिनदेखि नै खरिद गर्ने ग्राहकको भीड लागेको कम्पनीले जानकारी दिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष दशैँमा खसीबोका बिक्री गर्दै आएको छ । यो वर्ष च्याङ्ग्रा भने बिक्रीका लागि नल्याइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार बजार मूल्यभन्दा सस्तो भएकाले पनि खसीबोका खरिद गर्ने ग्राहकको बढी भीड लागेको थियो ।
बजारमा व्यवसायीले भने प्रतिकेजी ६०० देखि ६५० रुपियाँसम्म खसीबोका बिक्री गरेका छन् । च्याङ्ग्रा भने प्रतिकेजी एक हजार रुपियाँमा बिक्री गरेको व्यवसायीले जानकारी दिएका छन् । बजारमा खसीबोकाको बिक्री बढ्दै गएको छ ।

सहुलियत पसल पाँच दिन बन्द
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन र डीडीसीले उपत्यकासहित देशका विभिन्न ६८ स्थानमा सञ्चालन गरेको सहुलियत मूल्य पसल पाँच दिन बन्द गरिने भएको छ । दशैँको सप्तमीदेखि एकादशीसम्मका लागि उक्त पसल बन्द हुने जनाइएको छ ।
खाद्य कम्पनीले भने अनलाइन सेवा आजैबाट बन्द गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खसीबोकाका लागि भने शुक्रबार बिक्री खुला गर्छौं, ल्याइने चार सय खसीबोकाको सबै कुपन बाँडिसकेकाले छिटटै सकिने अपेक्षा गरेका छौँ । ” कर्पोरेसनका उपमहानिर्देशक कुमारराज राजभण्डारीले बिहीबार ४ः३० बजेदेखि पाँच दिनलाई सबै कारोबार बन्द हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय