BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं, ६ कार्तिक । सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गरेको

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ । ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि उक्त व्यवस्था लागू गर्न गराउन र अन्यथा कानूनअनुसार हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७६ कातिक ८ गते देखि लागू भएको सो ऐनको दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय