BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

काठमाडौं, ६ कार्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गर्नुभएका केसी पत्रकारितौ पिएचडी अध्ययनरत छन् ।
उनीसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष भइसकेका केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय