BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

रत्ननगर, बैशाख २७ । नेकपा एमालेले आज रत्ननगरमा वृहत चुनावी र्‍याली गर्ने भएको छ । एमाले रत्ननगर नगर कमिटीको आयोजनामा हुन लागेको उक्त र्‍यालीमा एमालेबाट मेयर उपमेयरका उम्मेदवार र १६ वटै वडाका उम्मेदवारहरुको उपस्थिती हुनेछ । र्‍याली मध्यान्ह १२ बजेपछि पार्टी कार्यालय नजिकै रहेको रत्ननगर बसपार्कबाट सुरु भई टाँडी,सौराहाचोक,बकुलहर र निपनी चोकको परिक्रमा गरी बसपार्कमा आएर कोण सभा हुने नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए । कोण सभामा एमाले बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी, एमालेका केन्द्रिय , प्रदेश, जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अर्यालले बताए ।

बैशाख ३० गते हुने स्थानिय तहको चुनावको लागि एमालेले रत्ननगरमा मेयर पदको लागि बिमला दुवाडी र उपमेयर पदको लागि यादव पाठकलाई उम्मेदवार बनाएको छ । एमाले रत्ननगरले मौन अवधी सुरु हुन केही घण्टा बाँकी रहँदा वृहत चुनावी र्‍याली निकाल्न लागेको हो । आज मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ । राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ।मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न पाइँदैन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय